निर्माणाधिन शौचालयको ट्याङ्कीभित्र झरेर दुईजनाको मृत्यु
निर्माणाधिन शौचालयको ट्याङ्कीभित्र झरेर दुईजनाको मृत्यु


नगाउँ (असम), 30 अक्टोबर (हि.स.)। असमको नगाउँ जिल्ला अन्तर्गत बरहमपुर क्षेत्रमा एक पीड़ादायी घटना भयो जहाँ निर्माणाधिन शौचालको ट्याङ्कीभित्र झरेर दुईजना मानिसहरूको मृत्यु भयो।

जानकारी अनुसार भाईटी (35) नामक एकजनाराजमिस्त्री शौचालयको ट्याङ्कीबाट काठहरूलाई हटाउने क्रममा त्यसभित्र झऱ्यो भने उसलाई बचाउने प्रयासमा घर मालिक मोन्टु बरदलै (40) को पनि ट्याङ्कीभित्र झरेर मृत्यु भयो।

मृतक मोन्टु बरदलै असम पुलिसमा सहायक उप-निरीक्षक (एएसआई)- को पदमा कार्यरत थिए। सूचना पाएर घटनास्थलमा पुगेको नगाउँ पुलिसले दुवै शवलाई बाहिर निकाल्यो। पुलिसले हाल मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande