
मुम्बई, 30 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-काप्रदेश प्रवक्ता नवनाथ बनले बिहीवार मुम्बईमा भने, यदि समाजवादी पार्टीका विधायक अबु आसिम आजमीलाई वन्दे मातरमको विरोध गर्नु छ भने पाकिस्तान जानुहोस्।
नवनाथ बनले आज पत्रकारहरू समक्ष भने, स्कूलमा'वन्दे मातरम' शुरूहुँदा अबु आजमी रिसाउनु पर्ने कारण के छ? 'वन्दे मातरम'कुनै पार्टी विशेषको नभएर देश अनि देशभक्ति नारा हो। 'वन्दे मातरम'-कोअर्थ हो, त्यस धरतीलाई नमन गर्नु जहाँ हामी बस्छौं। यदि तपाईलाई भारतमा बस्नु छ भने तपाईले 'वन्देमातरम'र 'भारत माता की जय' भन्नुपर्छ। उनले यो पनि भने, यदि आजमीलाई 'वन्दे मातरम'तथा'भारत माता की जय'-देखि एलर्जी छ भने उनी खुशीले पाकिस्तान जाँदा हुन्छ।
उनले अझ भने, किसानहरूको आशीर्वादले सत्तामा आएको महायुति सरकार सदैव किसानहरूको पक्षमा छ। अति भारी वर्षाको कारणले नोक्सान झेल्ने किसानहरूको लागि 32 हजार करोड़ रुपियाँको सहायताको घोषणा पहिला नै गरिसकिएको छ। मुख्यमन्त्री फडणवीसनेतृत्वाझिन महायुति सरकारले 11 हजार करोड़ रुपियाँको अतिरिक्त सहायता दिने फसेला गरेका छन्। बच्चुकडुको विरोध प्रदर्शनलाई एक दिनको लागि अनुमति दिइएको थियो।
अनुमति दिँदा उनले अदालतमा यो पनि लेखेर दिएका थिए, उनीहरूलेविरोध प्रदर्शन अवधि आम नागरिकहरूलाई समस्यामा पार्ने छैनन्। तर सबैले देखे कि विरोध प्रदर्शन कुन प्रकारको भयो। महाुति सरकारको ढोका प्रदर्शनकारीहरूसित बातचित गर्नको लागि सदैव खुल्ला छ। तर उनीहरूलाई बातचितको लागि बोलाउँदा बच्चु कडु आएनन्। उनले विश्वास व्यक्त गरे, मुख्यमन्त्री फडणवीज आजकोचर्चामाबच्चुकडुसहित किसान नेता अवश्य सामेल हुनेछन् अनि सकारात्क हल निकाल्नेछन्।
उल्लेखनीयछ,राज्य सरकारले सबै स्कूलहरूमा वन्दे मातरम गीतलाई अनिवार्य गरिदिएको छ। राज्य सरकारको यस आदेशको विरोध गर्दै अबु आसिम आजमीले भनेका छन्, वन्दे मातरमलाई अनिवार्य गर्नु हुँदैनथ्यो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा