
गान्तोक, 30 अक्टोबर (हि.स.)। पश्चिम सिक्किमको गेजिङ पुलिस थाना क्षेत्र अन्तर्गत सरदुङमा स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। पीडित व्यक्तिको घरबाट अज्ञात व्यक्ति (हरू) ले सून र चॉंदीको गर-गहनासहित नगद चोरी गरेको छ।
पुलिस रिपोर्ट अनुसार, पीडित व्यक्तिले हिजो, 29 अक्टोबर बिहान 10 बजीदेखि 1 बजीभित्र घरमा चोरी भएको शिकायत पुलिस थानामा गरेका छन्। त्यस समयमा घरमा कोही पनि थिएनन्। अज्ञात व्यक्ति (हरू) ले शयनकक्षको लकरबाट 10.5 तोला सून र ½ केजी चॉंदीका गर-गहनाहरू, 45 हजार रूपियॉं नगदलगायत केही दस्तावेजहरू चोरी गरेको उनले जानकारी गराएका छन्।
पुलिसले अज्ञात व्यक्ति (हरू) विरुद्ध बीएनएस 2023 को धारा 305(ए)/331(3) अन्तर्गत मामिला दर्ता गरेर आरोपी (हरू) को खोजी शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल