
हुगली, 30 अक्टोबर (हि.स.)। पश्चिम बंगालमा स्पेशल इन्टेन्सिभ रिभिजन (एसआईआर) प्रक्रिया शुरू भएपछि तृणमूल कंग्रेस पूर्ण रूपले सक्रिय भएको छ। पार्टीका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले बिहिवार अपरान्हदेखि नै चरणबद्ध प्रशिक्षण सत्रहरूको शुरूआत गरिसकेका छन् भने मुख्य बैठक शुक्रवार साँझ हुनेछ।
सूत्र अनुसार शुक्रवार साँझ लगभग 4:30 बजे अभिषेक ब्यानर्जीले एक भर्चुअल बैठक गर्नेछन् जसमा मन्त्री, सांसद, विधायकहरूलाई लिएर ब्लक स्तरका कार्यकर्तासम्म सामेल हुनेछन्। बैठकमा उनले स्वयं एसआईआर प्रक्रियालाई विस्तार पूर्वक बुझाउनेछन् अनि संगठनलाई यसको सामना गर्ने रणनीति बारे बताउनेछन्।
राज्यमा गत 28 अक्टोबरदेखि बीएलओको प्रशिक्षण चरण शुरू भइसकेको छ जुन आगामी 4 नोभेम्बरसम्म चल्नेछ। यसबीच तृणमूल कंग्रेसले पनि आफ्नो बीएलए अर्थात बूथ लेभल एजेन्टहरूलाई प्रशिक्षित गर्ने अभियान शुरू गरेको छ। पार्टीले दाबी गरेको छ, हरेक बूथको लागि बीएलए-2 एजेन्ट पनि तयार गरिएको छ।
तृणमूल नेतृत्वको भनाइ छ, अहिलेसम्ममा जो एजेन्ट मतदाता सूचीको स्क्रुटनीको काममा लागिपरेका छन् तथा स्थानीय मतदाताहरूलाई राम्ररी चिन्दछन्, उनीहरूलाई नै बीएलओ र पार्टी एजेन्टसित राखिनेछ। कतिपय क्षेत्रमा अनुभवको आधारमा सामान्य फेरबदल गरिएको छ।
पार्टी सूत्र मुताविक आगामी वर्ष 2026 को विधानसभा चुनाउमा यो एसआईआर प्रक्रियाले निर्णायक भूमिका निभाउनसक्छ। तृणमूलले यसलाई “भविष्यको लड़ाईँको तयारी” मानिरहेको छ र कुनै पनि स्तरमा संगठनलाई कमजोर बन्न दिन चाहँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा