सोनीपतमा मानसिक तनाउद्वारा ग्रस्त युवकले ग्राइण्डरले गर्दन काट्यो
सोनीपतमा मानसिक तनाउद्वारा ग्रस्त युवकले ग्राइण्डरले गर्दन काट्यो


सोनीपत, 30 अक्टोबर (हि.स.)। सोनीपत जिल्लाको गन्नौरमा गुमड़ रोडस्थित एक वेल्डिंग पसलमा गए बुधवार साँझ 35 वर्षीय युवकले मानसिक तनाउको कारणले ग्राइण्डरले आफ्नै गर्दन काटेर आत्महत्या गऱ्यो। दुई स-साना बच्चाका पिता समेत रहेको उक्त युवकको शव पसलमा रगताम्मे अवस्थामा भेटियो। पुलिसले घटनास्थलबाट एउटा नोट हात पाऱ्यो जसमा उसले फिल्मी ढंगमा लेखेको थियो।

खिजरपुर अहीर माजरा निवासी सुशिल गए बुधवार अपरान्ह घरबाट गएका थिए बने राती 8 बजे गुमड़ फ्लाइओभर नजिकै अवस्थित एक वेल्डिंग शपमा पुगे। शपका सामानहरू समेट्ने क्रममा उसले अचानक ग्राइण्डर मशिनलाई आफ्नै गलामा चलाो। धारिलो ब्लेडले गर्दन काटिएर उसको घटनास्थलमै मृत्यु भयो।

परिवारले बतायो, सुशिल पछिल्लो केही समयदेखिकै मानसिक तनाउद्वारा ग्रस्त थियो। उनीहरूले धेरैपटक सम्झाउने प्रयास गरे, तर उ मौन बस्थ्यो अनि भित्रभित्रै कुण्ठित हुन्थ्यो। परिवारमा उसकी पत्नी, पाँच वर्षीय छोरा र मात्र 28 दिनकी छोरी छन्। यस घटनापछि परिवारमा गहिरो शोक छाएको

छ।

यता घटनाको सूचना पाउनसाथ गन्नौर थाना पुलिस घटनास्थलमा पुग्यो। जाँचकर्ता एएसआई जगदीशले बताए, शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि सोनीपत सिभिल अस्पतालमा पठाइएको छ। परिवारको बयान दर्ता गरेर आत्महत्याको कारण पत्तो लगाउन जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande