
सोरेङ, 30 अक्टोबर (हि.स.)। सोरेङ जिल्लाको च्याखुङ खेलमैदानमा बिहिवारदेखि 18औं स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कप फुटबल प्रतियोगिता शुरू भएको छ। टुर्नामेन्टको उद्घाटन समारोहमा आज मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङ मुख्य अतिथि थिइन्।
उद्घाटन खेल आज सिङलिङ एससी र कञ्चनजङ्घा एफसी, सिलगढ़ीबीच खेलियो, जसमा सिङलिङ एससी विजयी बन्यो। विजेता दलका खेलाड़ी सन्तोष खत्रीलाई म्यान अफ् द म्याच चयन गरियो।
मुख्य अतिथि तामाङले आफ्नो सम्बोधनमा सिक्किमको खेलकुद भावना र सांस्कृतिक सम्पदाको संरक्षणमा प्रतियोगिताको महत्त्वमा जोड दिॅंदै टुर्नामेन्टमा सहभागी सबै दलहरूलाई शुभकामना दिइन्। उनले राज्यमा एकता, अनुशासन र युवा संलग्नता प्रवर्द्धनमा खेलकुदको भूमिकामाथि पनि प्रकाश पारिन्।
उनले एलडी काजी परिवारलाई शुभकामना दिॅंदै मुख्यमन्त्री प्रेमसिंह तामाङ र विधायक (सोरेङ) आदित्य गोलेलाई निरन्तर सहयोग गरेकोमा क्षेत्रका जनताप्रति आभार व्यक्त गरिन्। उनले आफ्नो सम्बोधनमा राज्य सरकारका विभिन्न जन कल्याण सम्बन्धित कार्यक्रमहरूको बारेमा पनि जानकारी प्रदान गरेकी थिइन्।
उल्लेख्य, स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कपको शुरूवात वर्ष 2008 सालदेखि तत्कालीन विधायक एवं खेलकुद मन्त्री र वर्तमान प्रेमसिंह तामाङले गरेका थिए। यो प्रतियोगिता च्याखुङ निवासी सिक्किमका प्रथम मुख्यमन्त्री स्वर्गीय एलडी काजीको सम्मानमा शुरू गरिएको हो।
छ वर्षको अन्तरालपछि, 2019 मा अन्तिम संस्करण आयोजना गरिएको थियो, यो प्रतियोगिता 2025 मा पुनर्जीवित भएको छ, जसले सोरेङ जिल्लामा खेलकुद विकास र सामुदायिक संलग्नतामा नयाँ ध्यान केन्द्रित गरेको छ। यस वर्षको प्रतियोगिता अन्तर्गत 'च्याखुङ रन' म्याराथन पनि आयोजना गरिने बताइएको छ, जसमा 21 किलोमिटर हाफ म्याराथन, 10 किलोमिटर ओपन रन र 5 किलोमिटर फन रन समावेश छन्।
यस अवसरमा क्षेत्र विधायक आदित्य गोले, जिल्ला अध्यक्ष तिलादेवी गुरुङ, उपाध्यक्ष सीबी कामी, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल