
सिलगढ़ी, 30 अक्टोबर (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी) का जवानहरूले खोरीबाड़ी अन्तर्गत भारत-नेपाल सीमान्त क्षेत्रबाट मर्फिनको साथ तीन तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका तस्करहरूको नाम सज्जाद हुसैन, साहिद आलम र मुख्तार आलम हो। तस्करहरूदेखि एसएसबी जवानहरूले 64.9 ग्राम मर्फिन जफत गरेको छ भने चार मोबाइल र एक बाइक पनि जफत भएको छ।
एसएसबी सूत्रहरू अनुसार, चोपड़ाका दुई ड्रग डीलर बाइकमा तस्करीको निम्ति बिहिवार बिहानै खोरीबाड़ी-घोषपुकुर राज्य राजमार्गको सोनाचांदी क्षेत्रमा पुगेका थिए। गुप्त सूचनाको आधारमा एसएसबीका जवानहरूले अभियान चलाएऱ ड्रग डीलर र खरीदारलाई पक्राउ गरे। जब तस्करहरूको तलाशी लिइयो उनीहरूदेखि 64.9 ग्राम मर्फिन जफत भयो। एसएसबीले पक्रा परेका तस्करहरूलाई अगाड़ीको कारबाहीको निम्ति खोरीबाड़ी पुलिसलाई सुम्पेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी