भाजपाले राज्यसभा चुनाउमा सबै सीटमा तीन उम्मेद्वारहरूलाई उतार्ने
भाजपाले राज्यसभा चुनाउमा सबै सीटमा तीन उम्मेद्वारहरूलाई उतार्ने


जम्मू, 4 अक्टोबर (हि.स.)। भाजपाले शनिवार आगामी 24 अक्टोबरमा हुने राज्यसभा चुनाउमा सबै सीटमा आफ्नो उम्मेद्वारलाई उतार्ने फसेला लिएको छ। भाजपा प्रवक्ता सुनिल सेठीले जम्मूमा भने, पार्टीले तीनजना उम्मेद्वारहरूलाई मैदानमा उतार्नेछ।

सुनिल सेठीले बताए, पहिला दुई सीटको लागि एक-एकजना उमम्मेद्वारलाई उतार्नेछ अनि रहल दुई वटा सीटमा एउटा मात्र चुनाउ हुनेछ अनि त्यहाँ पार्टीले सशक्त उम्मेद्वरालाई उतार्नेछ जसको जीतको अधिक सम्भावना छ। पहिलो दुई सीटमा उम्मेद्वारहरू उतार्नु प्रतीकात्मक प्रतिस्पर्धाको लागि हो किनभने नेकां नेतृत्वाधिन गठबन्धनलाई यी सीटहरू सहजै प्राप्त हुनेछ।

जम्मूमा आयोजितप्रेस कन्फ्रेन्स अवधि सेठीले भने, बैठकको मुख्य फोकस ती गुण भएका व्यक्तिहरूमाथि थियो जसले राज्यसभामा पार्टीलाई प्रभावकारी ढंगमा प्रतिनिधित्व गर्न सकोस्, कुनै विशेष व्यक्तिमाथि होइन। उनले यो पनि भने, बैठकको विचार पार्टी हाई कमाण्डसम्म पठाइनेछ।

--------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande