अनियन्त्रित अज्ञात वाहनले बाइक सवारलाई कु्ल्चियो, घटनास्थलमै मृत्यु
अनियन्त्रित अज्ञात वाहनले बाइक सवारलाई कु्ल्चियो, घटनास्थलमै मृत्यु


सुलतानपुर, 04 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको जिल्ला सुलतानपुर अधिनस्थ थाना क्षेत्र वेलवाई हलियापुर मार्गमा फुलौना बजार नजिक बरौला गाउँ नजिक शनिवार बाइक सवारलाई कुरेभारतिरबाट आइरहेको अज्ञात वाहनले ठक्कर दियो। घटनामा बाइक चालकको घटनास्थलमै मृत्यु भयो भने अर्को व्यक्ति घाइते भए। घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जा लिएर जाँच शुरू गरेको छ।

मृतकको पहिचान सुरजीत कुमार निषाद (35) पुत्र सन्तराम निषाद निवासी खालिसपुर दुर्गा छींटेपट्टी, जिल्ला सुलतानपुरको रूपमा भएको छ। युवकले एक फाइनेन्स कम्पनीमा कलेक्शनको काम गर्दथ्यो। यसै अवधि बरौला गाउँ निवासी ऊदल जसले बिहान मर्निंग वक गरिरहेका थिए, घटनामा घाइते भए। तिनलाई उपचारको लागि कुरेभार सामुदायिक स्वास्थ्य केन्द्रमा लगियो जहाँ तिनको उपचार भइरहेको छ।

सूचना पाउनसाथ कुरेभार पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर आवश्यक कानूनी कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande