खजुरी चौकदेखि बेपत्ता दुई वर्षीय अबोधको शव भेटियो
खजुरी चौकदेखि बेपत्ता दुई वर्षीय अबोधको शव भेटियो


नयाँ दिल्ली, 4 अक्टोबर (हि.स.)। उत्तर-पूर्वी जिल्लाको खजुरी चौकक्षेत्रमा बेपत्ता भएको दुई वर्षीय बालकको शनिवार संदिग्ध अवस्थामा शव भेटियो। पुलिस अनुसार गए 3 अक्टोबरमा बालक ह राएको सूचना थानामा दर्ता गराइएको थियो। पुलिस टीमले रातभरि बालकलाई खोज्यो, तर पत्तो लागेन। पुलिस अधिकारीअनुसार शनिवारबिहानपुलिसले फेरि खोजी अभियान शुरू गऱ्यो। अपरान्ह पुलिसले बालकको शव सीआरपीएफ क्याम्पको बाउण्ड्री वाल नजिक जंगलमा भेट्यो। घटनास्थलमा फोरेन्सिक टीम पुगेर प्रमाण जुटाएको छ। पुलिस अधिकारीको भनाइ छ, बालकको मृत्युको कारण पोस्टमर्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुनेछ। टीमहरू गठन गरी सम्पूर्ण मामिलाको जाँच गरिँदैछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande