विषाक्त पदार्थ सेवनबाट प्रेमीको मृत्यु, प्रेमिका अस्पतालमा
विषाक्त पदार्थ सेवनबाट प्रेमीको मृत्यु, प्रेमिका अस्पतालमा


प्रयागराज, 04 अक्टोबर (हि.स.)। उत्तर प्रदेश राज्यको प्रयागराज जिल्ला अन्तर्गत सराई ममरेज थाना क्षेत्रमा मर्रो पेट्रोल पम्प नजिक शुक्रबार राति विषाक्त पदार्थ सेवन गरेर एक

प्रेमीको मृत्यु भएको छ भने उनकी प्रेमिकाको अस्पतालमा उपचार भईरहेको छ। गंगानगरका पुलिस उपायुक्त कुलदीप सिंह गुणवतले मृतक 22 बर्षीय शिवम मोर्य सराई ममरेज प्रहरी चौकी क्षेत्रको मावैया हिन्दु वाहिनी गाउँका

वासिन्दा रहेको बताए। परिवारको उजुरी लिएपछि कानुनी कार्वाही भईरहेको छ। गंगानगरका डीसीपीका अनुसार 2 अक्टोबरमा एक महिलाले सराई ममरेज प्रहरी चौकीमा उजुरी दर्ता गरेकी थिइन्. जसमा मवैया हिन्दु वाहिनी

गाउँ निवासी शिवम मौर्यले आफ्नी छोरीलाई फकाएर लगेको जानकारी दिएकी थिइन्। यस सम्बन्धमा पुलिसले अपहरणको मुद्वा दर्ता गरेर उनको खोजी गरिरहेको थियो। शुक्रबार साँँझ सराई ममरेज प्रहरी चौकी क्षेत्रको मारो पेट्रोल पम्प नजिकै एक जोडीले विष सेवन गरेको जानकारी प्राप्त भयो। यो जानकारी पाएर घटनास्थलमा पुगेको प्रहरी टोलीले तुरुन्तै दुवैलाई उपचारको लागि स्वरूप रानी नेहरू अस्पतालमा भर्ना गराए। जहाँ डाक्टरहरूले शिवम मोर्यलाई मृत घोषित गरे। युवतीलाई पुलिसले सोधपुछ गर्दा युवतीले आफ्नो परिवारले उनीहरूको विवाहको विरोध गरेकोले उनीहरू दुवै घरबाट भागेको खुलासा गरिन्। मामिलाको जाँचमा पुलिस जुटेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande