गुवाहाटी, 4 अक्टोबर (हि.स.)। शक्ति पीठहरूमध्ये प्रमुख गुवाहाटीस्थित माँ कामाख्या धाममा शनिवार मध्यप्रदेशका मुख्यमन्त्री डा. मोहन यादव पुगे। यस अवधि उनीसित उनकी धर्मपत्नी पनि उपस्थित थिइन्।
मुख्यमन्त्री र उनकी पत्नीले कठोर सुरक्षा व्यवस्थाबीच माँ कामाख्याको पूजा-अर्चना गरे अनि मन्दिरमा दर्शन गरी प्रदेश तथा देशको सुख-समृद्धिको कामना गरे। माँ कामाख्या धामलाई शक्ति उपासनाको एक प्रमुख केन्द्र मानिन्छ अनि देश-विदेशबाटै श्रद्धालुहरू यहाँ दर्शनका लागि आउने गर्दछन्।डा. मोहन यादवको यस यात्रा अवधि मन्दिर परिसरमा श्रद्धालुहरूको भीड़ देखियो साथै वातावरण भक्तिमय भयो।
मध्यप्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले आइतवार असमको गुवाहाटीमा पूर्वोत्तर राज्यका निवेशकहरू सहित भुटानका प्रतिनिधिहरूसित वन टु वन चर्चा गर्नेछन्। सेशनलाई रयल भुटान काउन्सलेटका काउन्सिल जनरल जिग्मे थिनायल नामग्यालले पनि सम्बोधन गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा