पूर्वी चम्पारण,04 अक्टोबर (हि.स.)। जिल्लाकोकोटवा प्रखण्डमा तीव्र हावा तथा घण्टौंसम्म झमझम पानी परेको कारणले कतिपय स्थानहरूमारूख ढलेर आधा दर्जन मानिसहरू घाइते भएका छन्। मच्छरगावा पंचायतकोवार्ड नम्बर-11स्थित एउटा घरमा रूख ढल्यो जसमा एकजना बुजुर्ग, एकजना महिला सहित तीनजना मानिसहरू घाइते भए।
मुखिया प्रतिनिधि अनिल सिंहले बताए, तीव्र हावा र वर्षाको कारणले रमेश पासवानको घरमाथि रूख ढल्यो जसमा तिनका पिता सुरेश पासवान, छोरा प्रिन्स पासवान र पत्नी मधु देवी घाइते भए। घाइतेहरूलाई तत्काल उपचारको निम्ति अस्पतालमा पुऱ्याइएको छ। यसरी नै जसौली पट्टी पंचायतको वार्ड नम्बर -10 मा पनि घरमाथि रूख ढलेर एकजना युवक घाइते भयो। रमेश महतोका छोरा घाइते युवकलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ। रूख ढलेर बाटो पनि बाधितभएको छ साथै बिजुलीको आपूर्ति ठप्प भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा