कोलकातामा सड़क दुर्घटनाः पत्नीको मृत्यु, पति गम्भीर घाइते
कोलकातामा सड़क दुर्घटनाः पत्नीको मृत्यु, पति गम्भीर घाइते


कोलकाता, 04 अक्टोबर (हि. स.)। राजधानी कोलकातामा अबेर राती एक भयानक सड़क दुर्घटना भयो जसमा एकजना महिलाको मृत्यु भयो भने पति गम्भीर रूपमा घाइते भयो। घटना अलिपुर थाना क्षेत्रको अलिपुर रोड र बेल्वेडेयर रोडको चौरस्तामा सत्यम टावर गेट सामु शनिवार राती लगभग एक बजे भएको हो।

पुलिस सूत्र अनुसार एक प्राइभेट बस (पञ्जीकरण संख्या WB-19/H-3599)-ले मोटरसाइकल (पञ्जीकरण संख्या WB-12/U-7842)-लाई ठक्कर दियो। मोटर साइकलमा सवार वरूण दास आफ्नी पत्नीसित गइरहेका थिए। अचानक भएको दुर्घटनामा पत्नी चैती दास (28) जो हावड़ा जिल्लाको जगाचा निवासी थिए, गम्भीर रूपमा घाइते भइन्।

तिनलाई तुरून्त एसएसकेएम अस्पतालमा लगियो, तर चिकित्सकहरूले बिहान चार बजे तिनलाई मृत घोषित गरिदिए। मोटरसाइकल सवार वरूण दास (39)-लाई गम्भीर चोट लागेको छ। तिनलाई अस्पतालको रेड जोन ट्रमा केयर यूनिटमा भर्ती गरिेको छ जो हावड़ा जिल्लाको जगाचा निवासी थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande