शिमलामा छ वर्षकी नाबालिगमाथि दुष्कर्मको प्रयास, आरोपी पक्राउ
शिमलामा छ वर्षकी नाबालिगमाथि दुष्कर्मको प्रयास, आरोपी पक्राउ


शिमला, 4 अक्टूबर (हि.स.)। हिमाचल प्रदेशको शिमला जिल्लामा छ वर्षीया बालिकासँग दुष्कर्मको प्रयास भएको घटना बाहिर आएको छ। यो घटना रामपुर उपमण्डलअन्तर्गत झाकडी थाना क्षेत्रको हो, जहाँ ४५ वर्षका आइसक्रीम बेच्ने रोशन लाल नामका व्यक्तिले आइसक्रीमको बहानामा बालिकामाथि घृणित हरकत गर्ने प्रयास गरेका थिए।

पीडितकी आमाले आरोपितलाई घटनास्थलमै रंगेहात समातेपछि तुरुन्तै पुलिसलाई जानकारी दिइन्।पुलिसले त्वरित कारबाही गर्दै आरोपीलाई पक्राउ गरेको छ।आरोपीविरुद्ध भारतीय दण्ड संहिताका सम्बन्धित धारा 64, 62 र पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

रामपुरका डीएसपी नरेश शर्माका अनुसार, अभियुक्तलाई हिरासतमा लिइसकिएको छ र उनलाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि पुलिस रिमाण्डमा लिनेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande