सिख समाजले निकाल्यो रोष पदयात्रा
सिख समाजले निकाल्यो रोष पदयात्रा


हरिद्वार, 4 अक्टोबर (हि.स.)। ज्ञान गोदडी गुरुद्वाराको लागि भूमि नपाएको कारणले असन्तुष्ट गुरूद्वारा ज्ञान गोदडी प्रबन्धक कमिटीले रोष पदयात्रा निकाल्यो। शनिवार प्रेम नगर पुलस्थित धरनास्थलदेखि चन्द्राचार्य चौक हुँदै पुनः धरना स्थलमा पुगेर पदयात्रा समापन भयो। पदयात्रामा सिख समाजका मानिसहरू सामेल थिए।

यस अवसरमा सन्त जगजीत सिंह शास्त्रीले भने, पछिल्लो नौ वर्षदेखिको धरना दिँदै आइरहेको भए पनि शासन-प्रशासनले कुनै चासो देखाइरहेको छैन जसले गर्दा समाजमा व्यापक रोष फैलिएको छ। उनले भने, जबसम्म गुरूद्वाराको निम्ति जमीन पाउँदैन तबसम्म धरना जारी रहनेछ। सरकारले पनि जनहित तथा धार्मिक भावनालाई ध्यानमा राख्दै भूमि आवन्टन गर्नुपर्छ ताकि भव्य गुरूद्वारा निर्माण गर्न सकियोस्।

यस अवधि बलजिन्दर सिंह शास्त्री, जगतार सिंह, सुरेन्द्र सिंह, जितेन्द्र सिंह वालिया, सन्तोख सिंह, मोहन सिंह, अमृत कौर, दविन्दर कौर, सरबजीत कौर, हरेन्द्र पाल सिंह, सतनाम सिंह, जीत सिंह ढिल्लो, एस एस मठारु, सरोज, सुमन, मञ्जीत सिंह, गुरचरण सिंह, रमणीक सिंह, सुरजीत सिंह, बादल, कन्हैया लाल, अजीत सिंह, हरि सिंह, कुलविन्दर सिंह आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande