नाहन, 04 अक्टोबर (हि.स.)। महर्षि वाल्मीकि प्रकट उत्सवलाई लिएर नाहनमा व्यापक तयारी शुरू भइसकेको छ। यस शुभ अवसरमा तीन दिवसीय कार्यक्रम आयोजा गरिनेछ जसको जानकारी नाहन वाल्मिकी कमिटीले आज आयोजित एक प्रेसवार्ताको माध्यमबाट दिएको छ।
कमिटीका सदस्य राकेश चौहानले बताए, प्रकट उत्सवको शुरूआत 5 अक्टोबरदेखि हुनेछ जसको शुभारम्भ सिरमौरका अतिरिक्त उपायुक्त एलआर वर्माले गर्नेछन्। 6 अक्टोबरमा वाल्मीकि मन्दिरदेखि एक भव्य शोभायात्रा निकालिनेछ जसको अध्यक्षता भाजपा प्रदेश अध्यक्ष डा. राजीव बिंदलले गर्नेछन्।
7 अक्टोबरको मुख्य दिवसमा मन्दिरमा पूजा-अर्चना एवं झण्डा आरोहण कार्यक्रम आयोजना हुनेछ जसको अगुवाई नाहनका विधायक अजय सोलंकीले गर्नेछन्। यस उपरान्त विधायक सोंलकीले नवनिर्मित महर्षि वाल्मीकि चौकको लोकार्पण पनि गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा