हुगली, 4 अक्टोबर (हि.स.)। हुगली ज़िल्लाको मानकुण्डूको शान्तिनगर क्षेत्रमा गए शुक्रवार राती दुर्गा प्रतिमा विसर्जन गर्ने क्रममा दुईजना युवक गंगा नदीमा डुबे।
डुबेका युवकहरूको नाम अरूण राय (36) र अंकुश दास (28) रहेको छ। दुवै नै शान्तिनगरको मुक्ति संघ क्लबसित जोड़िएका थिए साथै क्बलको दुर्गा पूजामा सक्रिय थिए। जानकारी अनुसार एकादशीको साँझ क्बलका सदस्यहरू प्रतिमा विसर्जनको लागि भद्रेश्वरको श्रीमानी घाटमा पुगे। प्रतिमा विसर्जन अवधि अरूण र अंकुश गंगामा पसे, तर सोही समय नदीमा ज्वार आइरहेको थियो जसको तीव्र प्रवाहले दुवैलाई बगायो।
घाटमा उपस्थित सुरक्षा कर्मी, स्थानीय मानिसहरू तथा पुलिसले तुरून्तै खोजी अभियान संचालन गरे। खबर पाउनसाथ भद्रेश्वर थानाबाट पुलिस घटनास्थलमा पुग्यो अनि साँझदेखि अबेर रातीसम्म खोजी जारी राखे। तर अबेर रातीसम्म पनि दुवैको बारेमा केही पत्तो लागेन। शनिवार बिहानदेखि नै दमकल र बचाउकर्मीहरू खोजी अभियानमा लागिपरेका छन्। वरपरका घाटहरूमा सतर्कता बढ़ाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा