पलामू, 4 अक्टोबर (हि.स.)। पलामू प्रमण्डलको लातेहार जिल्ला अन्तर्गत छिपादोहर थाना क्षेत्रस्थित चिरगिंदवा गाउँदामा गत 2 अक्टोबरको दिन भान्सा ग्यासक पाइप फाटेर भयानक आगो लाग्यो जसले गर्दा खाना पकाइरहेकी महिला सविता देवी (19)-जलेर घाइते भइन्।
गम्भीर स्थितिमा सवितालाई मेदिनीराय मेडिकल क लेज एवं अस्पतालमा लगियो, तर यहाँ डाक्टर नरहेको कारणले परिवारले महिलालाई नवजीवन अस्पताल तुंबागड़ा सतबरवामा पुऱ्याए। त्यहाँ दुई दिनसम्म उपचार भएपछि शुक्रवार अबेर राती महिलाको मृत्यु भयो। शनिवार सतबरवा पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
अस्पतालमा अपरान्ह 3 बजे पतिले बताए, सविताको शरीरको 90 प्रतिशत भाग जलिसकेको थियो। छिपादोहर लगिएको थियो, तर भर्ती गरेन। एमएमसीएचमा पुऱ्याउँदा डाक्टर थिएन। निराश भएर सतबरवाको तुमागड़ा अस्पतालमा लगियो जहाँ उसको मृत्यु भयो। महिलाको एकजना सन्तान छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा