रायपुर, 4 अक्टोबर (हि.स.)। भाजपा नेता औ पूर्व गृहमन्त्री ननकी राम कँवरको रायपुरमा हाउस अरेस्टलाई लिएर पूर्व मुख्यमन्त्री भूपेश बघेलले कटाक्ष गरेका छन्। उनले ननकीरामको बहानामा भाजपा सरकार अनि केन्द्रिय गृहमन्त्री अमित शाहलाई लक्षित गरेका छन्।
भूपेशले कटाक्ष गर्दै सोशल मीडियामा लेखे, “वाह! अमित शाहजी! वाह” जुन समय देशका गृहमन्त्री बस्तरमा व्यवस्थाहरूको जायजा लिन पुगेका छन् सोही समय वरिष्ठ आदिवासी भाजपा नेता, पूर्व गृहमन्त्री ननकीराम कँवरलाई रायपुरमा हाउस अरेस्ट गरिएको छ। यसले के दर्शाउँछ भने भाजपा आदिवासीहरूको आवाजलाई दबाउन चाहन्छ, चाहे त्यो भाजपाभित्रबाटै उठेको किन नहोस्। “प्रशासनिक दलाली” विरूद्ध आफ्नो आवाज उठाउँदा आदिवासी भाजपा नेताहरूसित भाजपा सरकारको यो कृत्य निन्दनीय छ।
उल्लेखनीय छ, पूर्व गृहमन्त्री ननकी राम कँवर मुख्यमन्त्री निवास बाहिर कोरबा कलेक्टरलाई हटाउने मागमा धरना दिन कोरबादेखि रायपुर पुगे, तर उनलाई गहोई भवनमै हाउस अरेस्ट गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा