बाल विवाहको दाबी प्रमाणित नभएपछि तलाकको प्रार्थना पत्र खारेज
बाल विवाहको दाबी प्रमाणित नभएपछि तलाकको प्रार्थना पत्र खारेज


जोधपुर, 04 अक्टोबर (हि.स.)। पारिवारिक न्यायालय संख्या 1 का न्यायाधीश सतीश चन्द्र गोदाराले अहमदाबाद निवासी प्रकाश सुथारद्वारा दर्ता गरिएको तलाक प्रार्थना पत्रलाई खारेज गर्ने आदेश दिएको छ। प्रकाशले पत्नी बाडमेर हाल जोधपुर निवासी रामेश्वरी सुथारसॅंग विवाहलाई बाल विवाह बताउॅंदै त्यसलाई शून्य घोषित गर्न माग गरेको थियो।

रामेश्वरी सुथारको तर्फबाट न्याय मित्र अधिवक्ता भरत भूषण शर्माले अदालतमा बताए, दुवैको विवाह 9 अप्रेल, 2015 मा भएको थियो, त्यस समय रामेश्वरी 18 वर्ष र प्रकाशको उमेर 27 वर्ष थियो। विवाहको विधिवत प्रमाणपत्र, फोटोग्राफ र कार्ड पनि अदालतमा प्रस्तुत गरियो।

न्यायालयले विवाह बाल्यावस्थामा भएको थिएन भन्ने मान्यो र दुवै पक्ष निकै समयसम्म पति पत्नीको रूपमा सॉंगै बसे र रामेश्वरी गर्भवती पनि भइन्। अदालतले बाल विवाहलाई शून्य घोषित गर्न बाल विवाह प्रतिषेध अधिनियम 2006 अन्तर्गत याचिका बालिग भएको दुई वर्षभित्र दर्ता गर्नु पर्ने थियो, तर प्रकाशले विलम्बगरि याचिका दर्ता गरेको बतयो।

न्यायालयले प्रकाशले प्रस्तुत गरेको वाद झुटो थियो र उसले दोस्रो विवाहको इच्छाका कारण यस्तो प्रार्थना गरेको थियो भन्ने मान्यो। यसपछि, न्यायालयले तलाकको प्रार्थना पत्र खारेज गरिदियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande