राज्यपाल 'संजीवनी संगम 2025' मा सहभागी बने
राज्यपाल 'संजीवनी संगम 2025' मा सहभागी बने


गान्तोक, 04 अक्टोबर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर रोहतक, हरियाणामा आयोजित 'संजीवनी संगम 2025' मा मुख्य अतिथिको रूपमा सहभागी बने। उक्त कार्यक्रम बाबा मस्तनाथ विश्वविद्यालय, रोहतकको तत्वावधानमा आज विश्वविद्यालयका पूर्व विद्यार्थीहरूले आयोजना गरेका थिए।

राज्यपाल माथुरले आफ्नो सम्बोधनमा भने, 'आयुर्वेद केवल चिकित्सा पद्धति होइन, तर भारतको सांस्कृतिक विरासतको जीवन्त प्रतीक हो।' उनले स्वतन्त्रताको समयमा हाम्रा साधु सन्तहरूले अध्यात्मका साथै शिक्षा र स्वास्थ्यमाथि विशेष ध्यान दिएको स्मरण गराए। उनले योग र आयुर्वेद भारतको यस्तो अनुपम उपहार हो, जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व मंच प्रतिष्ठित गरेको जानकारी गराए।

राज्यपालले भने, भारतले आयुर्वेदिक चिकित्साको क्षेत्रमा शोध मात्र गरेन, तर नवाचारलाई प्रोत्साहित गऱ्यो। साथै वैश्विक स्वास्थ्यको दिशामा एक वैकल्पिक र प्रभावी चिकित्सा प्रणालीको रूपमा यसलाई स्थापित पनि गरेको छ।

राजभवन अनुसार, कार्यक्रममा राजस्थान सरकारको पर्यावरण मन्त्री संजय शर्मा, हरियाणा सरकारको सूचना आयुक्त प्रदीप शेखावत तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande