मुरादाबाद, 04 अक्टोबर (हि.स.)। मुरादाबादको बिलारी थाना क्षेत्रमा 26 साल अघि भएको सडक दुर्घटनाको मामिलामा शनिवार ग्राम न्यायालय बिलारीले सुनवाईपछि फसेला सुनायो। ग्रामीणलाई ठक्कर दिने बस चालकलाई एक सालको कारावास र एक हजार रूपियॉंको अर्थदण्डको सजाय सुनाएको छ।
9 मार्च, 1998 सॉंझ लगभग सात बजी बिलारी निवासी भूरे सिंह नगरमा शाहबाद रोडमा स्कूल छेउ उभिएका थिए। सोही समय तीव्र गतिको बसले उनलाई ठक्कर दिॅंदा उनको मृत्यु भयो। यस मामिलामा बिलारी थानामा एफआईआर दर्ता भएको थियो। यी 26 सालमा विभिन्न अदालतहरूमा मामिलाको सुनवाई चल्यो।
वादी पक्षको तर्फबाट अदालतमा धेरै साक्षी पेश गरिए र आरोपी पक्षले आफ्नो बचाउमा साक्षी पेश गरे। शनिवार सॉंझ ग्राम न्यायालय बिलारीका न्यायाधिकारी अशोक कुमारले यस मामिलामा फसेला सुनाए। अदालतले बस चालक दीपचन्दलाई एक सालको कारावासको सजाय सुनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल