छोराले नै आमा-बुवाको हत्या गऱ्यो, छोरा पक्राउ
छोराले नै आमा-बुवाको हत्या गऱ्यो, छोरा पक्राउ


पश्चिम मेदिनीपुर, 04 अक्टोबर (हि.स.)। जिल्लाको सबंग थाना अन्तर्गत देवभोग ग्राम पंचायतको खारपोरा गाउँमा एकजना युवकले आफ्नै माता-पिताको हत्या गरिदियो। शनिवार बिहान पुलिसले दुवैको रक्तरञ्जित शवलाई उद्धार गऱ्यो अनि आरोपी पुत्रलाई पक्राउ गऱ्यो।

पुलिस सूत्र अनुसार मृतकहरूको नाम भीम हाँसदा (56) र उनकी पत्नी सोंबरी हाँसदा (48) हो। दुवैको शरीरमा गम्भीर चोटको निशान पाइएको छ। भीमको टाउकोमा धारिलो हतियारले हमला गरिएको थियो भने सोंबरीको गला रेटेर हत्या गरिएको थियो।

स्थानीय मानिसहरूको भनाइ छ, मृत दम्पत्तिको छोरा परेश हाँसदा उपनाम गोपाल मानसिक रूपमा अस्थिर थियो। प्राथमिक जाँचमा पुलिसले अनुमान व्यक्त गरेको छ, हत्या मानसिक असन्तुलनको स्थितिमा गरेको हुनसक्छ। शुक्रवार राती नै उसले दुवैको हत्या गरेर भागेको थियो।

घटनाको जानकारी पाउनसाथ संबग थानाको पलिस घटनास्थलमा पुग्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। त्यसपछि गहन जाँच गरेर आरोपीलाई शनिवार अपरान्ह पक्राउ गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande