राजस्थान प्राकृतिक चिकित्सा केन्द्रमा 51 किलोको औषधियुक्त खीर बनाइने
राजस्थान प्राकृतिक चिकित्सा केन्द्रमा 51 किलोको औषधियुक्त खीर बनाइने


बिकानेर, 5 अक्टोबर (हि.स.)। गंगा शहरमा अवस्थित राजस्थान प्राकृतिक चिकित्सा केन्द्रमा शरद पूर्णिमाको अवसरमा यसपालि पनि औषधियुक्त खीर वितरण गरिनेछ। यसपालि 51 किलोको खीर बनाइनेछ जुन शरद पूर्णिमाको राती अमृत वर्षाबाट सिंचित हुनेछ अनि त्यसलाई 7 अक्टोबरको बिहान आम मानिसहरूलाई निःशुल्क वितरण गरिनेछ।

राजस्थान प्राकृतिक चिकित्सा केन्द्र गंगाशहरका मन्त्री बनवारी लाल शर्माले बताए, यस केन्द्रमा विगत 50 वर्षदेखिको औषधिुक्त खीर निर्माण गरिँदै आएको छ जसमा विभिन्न प्रकारका जड़ीबुटी तथा औषधिहरू मिसाइन्छ। खीरलाई चाँदीको भाँड़ामा राखेर शरद पूर्णिमाको राती प्राकृतिक चिकित्सा केन्द्रको छतमा खुल्ला आकाशमुनि राखिनेछ। किनभने शरद पूर्णिमाको राती आकाशबाट अमृत वर्षा हुन्छ अनि त्यसबेला यो खीरले औषधिको रूप धारण गर्छ। उनले बताए, यसपालि आगामी 7 अक्टोबरको साँझ 51 किलोको खीर बनाइनेछ र त्यसमा विभिन्न थरीका जड़ीबुटीहरू मिसाइनेछ अनि बिहान 7:30 बजे राजस्थान प्राकृतिक चिकित्सा केन्द्र परिसरमै आम मानिसहरूलाई निःशुल्क वितरण गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande