मुख्यमन्त्री प्रजापति महाकुम्भमा सामेल भइन्, भनिन्- प्रत्येक कारीगरलाई आत्मनिर्भर बनाउने हाम्रो संकल्प
मुख्यमन्त्री प्रजापति महाकुम्भमा सामेल भइन्, भनिन्- प्रत्येक कारीगरलाई आत्मनिर्भर बनाउने हाम्रो संकल्प


नयाँ दिल्ली, 5 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतवार नरेलाको आदर्श रामलीला मैदानमा प्रजापति (कुम्हार) महाकुम्भमा सम्मिलित भएर समाजका मानिसहरूसित सम्वाद गरिन्। यस अवसरमा सांसद योगेन्द्र चांदोलिया, विधायक राज करण खत्री सहित प्रजापति समाजका मानिसहरू उपस्थित थिए।

मुख्यमन्त्रीले भनिन्, हाम्रो सरकार यस समाजको सृजनशील शक्तिलाई सशक्त बनाउनको लागि पूर्ण प्रतिबद्घ छ। प्रशिक्षण, बजारसित सम्बन्ध तथा आधुनिक तकनिकको सहयोगले हरेक कुम्हाले, हरेक कारीगरलाई आत्मनिर्भर बनाउनु हाम्रो संकल्प हो। उनले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्वदेशी’ औ ‘भोकल फर लोकल’ -को आह्वानबाट प्रेरित भएर हामी दिल्लीको हरेक बजार तथा हरेक घरसम्म स्थानीय हस्तनिर्मित वस्तुहरूलाई प्रमोट गरिरहेका छौं ताकि माटोका कलागारहरूको मिहेनतको सम्मान होस् अनि भारतको कौशल, भारतको पहिचान बन्न सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande