अररिया 05 अक्टोबर (हि.स.)। पूर्वोत्तर सीमान्त रेलवेको भारत- नेपाल सीमामा अवस्थित जोगबनी रेलवे स्टेशनमा रेलवे ट्र्याकमा पानी भरिएको कारणले पाँच वटा ट्रेनहरूको परिचालन जोगबनीदेखि नभएर बथनाहा र फारबिसगञ्ज स्टेशनबाट शुरू गरियो जसमा चारवटा ट्रेनहरूको परिचालन बथनाह स्टेशन अनि जोगबनी आनन्द विहार सीमाञ्चल एक्सप्रेस ट्रेनको परिचालन फारबिसगञ्ज स्टेशन भएर भयो। कटिहार मण्डल रेल प्रबन्धकले पूर्वोत्तर रेलवेका अधिकारीहरूलाई पत्रको माध्यमबाट सो जानकारी दिए।
कटिहार डीआरएम किरेन्द्र नारहाद्वारा जारी पत्रमा बताइयो, 13212 दानापुर जोगबनी एक्सप्रेस,13213 जोगबनी सहरसा एक्सप्रेस,75755 कटिहार जोगबनी डीएमयू,75756 जोगबनी कटिहार डीएमयू ट्रेनको परिचालन बथनाहा स्टेशनबाट अनि 12487 जोगबनी आनन्द विहार सुपरफास्ट सीमाञ्चल एक्सप्रेस ट्रेनको परिचालन फारबिसगञ्ज स्टेशनबाट गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा