टोकियो, ५ अक्टोबर (हि.स.)। जापानमा शनिबार राति होन्शूको पूर्वी तटमा ६ तीव्रताको भूकम्प आएपछि धरती हल्लिएको छ। नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार, होन्शूको पूर्वी तट नजिकै ६.० तीव्रताको भूकम्प आएको हो। यसको केन्द्र करिब ५० किलोमिटर भू–सतह मुनि रहेको बताइएको छ। हालसम्म कुनै ठूलो क्षति वा सुनामीको चेतावनी जारी गरिएको छैन।
उल्लेखनीय छ, जापान अत्यन्तै सक्रिय भूकम्पीय क्षेत्र हो। यहाँका टापुहरूमा प्रायः भूकम्प आउने गर्छन्। यहाँ यसअघि पनि धेरै विनाशकारी भूकम्प आइसकेका छन्, जसका कारण सुनामी आएको इतिहास
छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी