-दुर्गा शक्ति टीमको प्रभावकारी पैदल गस्ती जारी
हिसार, 5 अक्टोबर (हि.स.)। जिल्ला पुलिसको दुर्गा शक्ति टीमद्वारा शहरको भीड़भाड़ रहने क्षेत्रहरूमा विशेष पैदल गस्ती अभियान संचालन गरिँदैछ। यस पहलको मुख्य उदेश्य चाड़-पर्वको मौसममा नागरिकहरू विशेष महिलाहरूको सुरक्षा सुननिश्चित गर्नु अनि कुनै पनि प्रकारको अशान्ति, दुर्व्यवहार वा असामाजिक गतिविधिलाई रोक्नु हो।
पुलिस प्रवक्ताले आइतवार बताए, टीमका सदस्यहरूले बजार, बसअड्डा, मल, मन्दिर तथा अन्य सार्वजनिक स्थलहरूमा लगातार उपस्थिति दिएर पूर्ण सतर्कता अप्नाइरहेका छन्। गस्ती अवधि संदिग्ध व्यक्तिहरूमाथि विशेष नजर राखिँदैछ। साथै हिला अनि बालिकाहरूको सुरक्षा सुनिश्चित गर्नको लागि निरन्तर निगरानी गरिँदैछ। दुर्गा शक्ति टीमले सुरक्षा व्यवस्थालाई सशक्त मात्र बनाउँदैन, महिलाहरूलाई आत्मरक्षा, हेल्पलाइन नम्बर-112 को जानकारी तथा आफ्नो अधिकारहरूप्रति जागरूक पनि बनाउँदै आइरहेको छ। टीमले नागरिकहरूसित यो पनि आग्रह गरिरहेको छ, कुनै पनि संदिग्ध गतिविधिको सूचना तुरून्तै पुलिसलाई दिइयोस् ताकि समयमै कारबाही गर्न सकियोस्। चाड़ पर्वको मौसममा नागरिकहरूको सुरक्षा सर्वोच प्राथमिकता हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा