खरसाङ, 5 अक्टूबर (हि.स.)। आइतबार बिहान खरसाङको रोहिणी रोड (सुवास घिसिङ मार्ग) मा पैह्रो गएपछि अहिले सबै गाडीहरु राष्ट्रिय राजमार्ग 110 (पहिला 55) भएर कुदिरहेका छन्। सिलगढीबाट खरसाङ हुँदै दार्जिलिङ र दार्जिलिङबाट खरसाङ हुँदै सिलगढी जाने सबै गाडीहरु रोहिणी रोड भएर छिट्टो पुग्ने हुनाले रोहिणी रोड भएर कुद्ने गर्दथे। तर रातभरि परेको पानीले गर्दा खरसाङको गौरी शंकर चियाबारीदेखि केही मुनि रोहिणी रोडमा पैह्रो गएपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग 110 प्रयोग गर्न बाध्य भएका छन्।
रोहिणी रोड पैह्रोले वाधित बनेपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग 110 अन्तर्गत तीनधारे, घैयाबारी, महानदी र गिद्ध पहाड हुँदै कुदिरहेका छन्। यस रोडमा सधैं बस र यस क्षेत्रका गाडीहरु मात्र कुद्ने गरेका थिए भने आज दार्जिलिङदेखि सिलगढी र सिलगढीदेखि दार्जिलिङ जाने सबै गाडीहरु यही रोड भएर कुदिरहेका छन्। हुन त रोहिणी रोड बनिनु अघि सबै गाडीहरु यही रोड भएर कुद्ने गर्दथ्यो। तर रोहिणी रोड बनाएपछि भने राष्ट्रिय राजमार्ग भएर गाडीहरु कम कुद्ने गरेका थिए।
विशेष गरेर सबै गाडीहरु राष्ट्रिय राजमार्ग 110 भएर कुदेकोले तीनधारे क्षेत्रमा ट्राफिक जामको समस्या देखिएको छ। विशेष गरेर तीनधारेको गोलाई पाखा क्षेत्रमा गाडीको जाम देखिएको स्थानीयहरुले बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक