सुखे पोखरी खण्डको मलट पुल बजार, एभनग्रोभ बगर फार्म स्टे बालासन नदीको चपेटमा
Balasun-farm-stay

सोनादा, 05 अक्टोबर (हि.स.)। सुखे पोखरी खण्ड अन्तर्गत मलट पुल बजार, एभनग्रोभ बगर फार्म स्टे बालासन नदीले बगाएर लगेको जानकारी प्राप्त भएको छ। उक्त फार्म स्टे बालासन नदीले बगाएर लगेको छ।
यहाँ जम्मा 9 जना पर्यटकहरु रहेका थिए भने सबैलाई सुरक्षित स्थानमा सारिएको छ। तर यस फार्म स्टेको एकजना भोलेन्टियर हराएको बताइएको छ। उनलाई बालासन नदीले बगाएको आशंका गरिएको छ। उनी 24 परगानाबाट यहाँ आएर भोलेन्टियर रुपमा होम स्टे विषयमा सिक्दै आइरहेको बताइएको छ।‌ उनको नाम हिमान्द्री पुरोकित (25 वर्ष) हो। यो फार्म स्टे क्षेत्रमा गाडी पनि फँसेको देखिएको छ।

 

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande