टेन्ट कर्मीको करेन्टको चपेटमा परी मृत्यु
टेन्ट कर्मीको करेन्टको चपेटमा परी मृत्यु


नोएडा, गौतमबुद्ध नगर, 05 अक्टोबर (हि.स.)। थाना सेक्टर -39 क्षेत्रको सेक्टर- 99 स्थित एक सोसाइटी बाहिर बनाइएको टेन्टलाई खोल्ने क्रममा टेन्ट कर्मीलाई बिजुलीको खम्बाबाट करेन्ट लाग्यो। अत्यन्त गम्भीर अवस्थामा उसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरियो जहाँ उसको मृत्यु भयो। घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले जाँच गरिरहेको छ।

थाना सेक्टर- 39 का प्रभारी निरीक्षक जितेन्द्र कुमार सिंहले बताए, कोमल (31) पुत्र राधेश्याम मूल निवासी जिल्ला कन्नौज हाल निवासी छलेरा गाउँले एक टेन्ट हाउसमा काम गर्दै आएको थियो। गए शनिवार राती 1:30 बजे सेक्टर- 99 मा लगाइएको टेन्टलाई खोलिरहेका थिए। टेन्टको डोरी बिजुलीको पोलमा बाँधिएको थियो। यसै डोरीलाई खोल्दा-खोल्दै तिनी करेन्टको चपेटमा परे। तिनलाई गम्भीर घाइते अवस्थामा उपचारको निम्ति नोएडाको सेक्टर-29स्थित भारद्वाज अस्पतालमा भर्ती गरियो जहाँ उपचारको क्रममा तिनको मृत्यु भयो।

उनले बताए, घटनाको सूचना पाएर घटनास्थलमा पुगेको थाना सेक्टर 39 पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। पुलिसले थाना सेक्टर-39 मा मामिला दर्ता गरी जाँच गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande