तीन दिवसीय देव दर्शन यात्रा आरम्भ
तीन दिवसीय देव दर्शन यात्रा आरम्भ


बिकानेर, 5 अक्टोबर (हि.स.)। हरेक वर्ष झैं यस वर्ष पनि बिकानेरका प्रख्यात पण्डित जुगल किशोर ओझा (पुजारी बाबा)-को नेतृत्वमा आइतवार देशदर्शन यात्रा गोकुल सर्कल, नत्थुसर गेट बाहिरबाट प्रस्थान भयो। पचास वटाभन्दा अधिक बसहरूमा सवार ठूलो संख्यामा श्रद्धालुहरू रामदेवरा तर्फ प्रस्थान भए. यो देव दर्शन यात्रा पुजारी बाबाद्वारा 1970- को दशकबाटै शुरू गरिएको थियो।

प. नारायण ओझाले बताए, तीन दिवसीय यात्रा आजदेखि शुरू भयो। सबै बसहरू आगामी 7 अक्टोबरको रातीसम्ममा बिकानेर पुनः आइपुग्नेछन्। यस बस यात्राको विशेषता के छ भने यसमा कुमारी युवतीहरूसित भाड़ा लिइँदैन। हरेक जाति अनि धर्मका मानिसहरू यस यात्रामा हरेक वर्ष आनन्द लिने गर्दछन्। पुजारी बाबालेबताए, उनीहरूले पाँच दशकभन्दा अधिक समयदेखिको आफ्ना भक्तहरूसित देव दर्शन कार्यक्रम अन्तर्गत राजस्थानका विभिन्न मन्दिरहरूको दर्शन गर्दछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande