ओडिशाको मालकानगिरीमा राष्ट्रिय राजमार्ग-326 मा भयानक दुर्घटना, तीनजनाको मृत्यु, एकजना गम्भीर रूपमा घाइते
ओडिशाको मालकानगिरीमा राष्ट्रिय राजमार्ग-326 मा भयानक दुर्घटना, तीनजनाको मृत्यु, एकजना गम्भीर रूपमा घाइते


भुवनेश्वर, 5 अक्टोबर (हि.स.)। ओडिशाको मालकानगिरी जिल्लाको कटामेटा नजिक राष्ट्रिय राजमार्ग-326 मा गे शनिवार अबेर राती भएको सड़क दुर्घटनामा तीनजना मानिसहरूको मृत्यु भयो भने एकजना गम्भीर रूपमा घाइते भए। पुलिस अनुसार एउटा ट्रक यान्त्रिक खराबीको कारणले हाइवेमा रोकिएको थियो भने त्यसमा उचित चेताउनी संकेतक लगाइएको थिएन। यसै अवधि पछाड़िबाट द्रूत गतिमा आएको दुई वटा मोटर साइकल उक्त ट्रकसित ठोक्कियो। दुईवटा बाइकमा चारजना मानिसहरू सवार थिए जसमध्ये तीनजनाको घटनास्थलमै मृत्यु भयो भने चौथो व्यक्तिलाई मालकानगिरी जिल्ला अस्पतालमा गम्भीर अवस्थामा भर्ती गरियो।

दुर्घटनापछि स्थानीय मानिसिहरू घटनास्थलमा जुटे अनि प्रशासनिक लापरवाही तथा खराब सडक सुरक्षा प्रबन्धनलाई जिम्मेवार ठहराउँदै आक्रोश व्यक्त गरे। आक्रोशित ग्रामीणहरूले शवलाई सड़कमा राखेर क्षतिपूर्तिको माग गर्दै घण्टौसम्म यातायात बाधित गरे। पछि पुलिस अनि प्रशासनिक अधिकारीहरूले घटनास्थलमा पुगेर आन्दोलनकारीहरूसित बातचित गरेर आश्वासन दिए। त्यसपछि मात्र जामलाई हटाइयो अनि यातायात सामान्य भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande