नोएडा, 05 अक्टोबर (हि.स.)। थाना सेक्टर 20 क्षेत्रको निठारी गाउँ निवासी एकजना महिलाले मानसिक तनाउको कारणले आज भोर बिहान तेजाब पिइन्। अत्यन्त गम्भीर अवस्थामा महिलालाई उपचारको निम्ति नोएडा जिल्ला अस्पतालमा भर्ती गरियो जसको गम्भीर स्थितिलाई ध्यानमा राखेर दिल्लीको शफदरगञ्ज अस्पतालमा रेफर गरियो।
थाना सेक्टर- 20 का प्रभारी निरीक्षक डीपी शुक्लले बताए, श्रीमती प्रीति प्त्नी नीरज उमेर 28 वर्ष निठारी गाउँमा बस्छन्। उनले बताए, आज बिहान उनले मानिसक तनाउको कारुणले आफ्नो घरमा तेजाब पिइन्। उनका पतिले अत्यन्त गम्भीर अवस्थामा उनलाई नोएडा जिल्ला अस्पतालमा भर्ती गराएका थिए, तर बिग्रिँदो स्थितिको कारणले तिनलाई दिल्लीको सफदरगञ्ज अस्पतालमा रेफर गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा