साइबर ठगहरूले छह जनालाई लक्षित गर्दै ठगे साढ़े 17 लाख
साइबर ठगहरूले छह जनालाई लक्षित गर्दै ठगे साढ़े 17 लाख


जीन्द, 05 अक्टोबर (हि.स.)। जिल्लामा साइबर ठगहरूले छह जनालाई निवेश तथा अनलाइन टास्क दिएर उनीहरूबाट लगभग साढ़े 17 लाख रूपियाँ ठगे। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

गाउँ बोहतवाला निवासी रमेशले पुलिसलाई दिएको शिकायतमा बताए, उनको फोनमा लिंक आयो। जसलाई क्लिक गरेपछि उ एक ग्रुपसित जोड़ियो। जसले अनलाइन ट्रेडिङमा लाभबारे बताइरहेको थियो। जसपछि उलाई व्हाट्सएप कल आयो। उक्त व्यक्तिले आफूलाई एक्सपर्ट बतायो। जसपछि उसले निवेश गर्नु शुरू गऱ्यो। गत 26 जूनसम्म उसले साढ़े तीन लाख रूपियाँ निवेश गरिसकेको थियो। वायलेट अकाउन्टमा लाभ पनि राम्रो दिइयो। जब उसले राशि निकाल्न खोज्यो तब राशि निस्केन। जसमा उमाथि थप निवेश गर्ने दबाउ शुरू गरियो। जसपछि उसलाई आफू ठगिएको महसूस भयो।

नरवाना निवासी जगबीरले पुलिसलाई दिएको शिकायतमा बतायो, 07 अगस्तमा उलाई ब्याङ्कको टोल फ्री नम्बरबाट फोन आय़ो। जसमा बताइयो कि उसको खाताबाट 1.19 लाख रूपियाँ निकालिएको छ। जबकि उसले कुनै ओटीपी शेयर गरेन न त उसले कुनै लिंक शेयर गऱ्यो तरैपनि उसको खाताबाट राशि निकालियो।

गाउँ बडौदा निवासी विजयको फोनलाई ह्याक गरी उसको खाताबाट तीन लाख रूपियाँ तथा बाबू लालको खाताबाट साइबर ठगहरूले दुई लाख तीन हजार 453 रूपियाँ निकाले। यसैगरी अन्य मानिसहरूबाट पनि साइबर ठगहरूले राशि ठगे। आइतवार एसपी कुलदीप सिंहले बताए, पुलिसद्वारा लगातार साइबर जागरूकता अभियान चलाइँदैछ। आमजनले आफ्नो कुनैपनि निजी जानकारी साझा गर्नु हुँदैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande