पितामाथि एक वर्षीय छोराको हत्याको आरोप
पितामाथि एक वर्षीय छोराको हत्याको आरोप


बलिया, 05 अक्टोबर (हि.स.)। बलियामा एक कलियुगी पितामाथि आफ्नो एक वर्षीय छोराको हत्याको आरोप लागेको छ। अबोधकी आमाको शिकायतमा पुलिसले आइतवार हत्यारोपी पितालाई हिरासतमा लिएको छ।

जानकारी अनुसार, बैरिया क्षेत्रको एक गाउँ निवासी रीना तिवारीले आइतवार थानामा शिकायत दिएकी छन् कि उसको एक वर्षीय छोरा कीनूलाई उसका पति रूपेश तिवारीले ज्यानले मार्न प्रहार गऱ्यो, जसको उपचार भइरहेको बेला मृत्यु भयो।

यस सम्बन्धमा क्षेत्राधिकारी बैरिया फहीम कुरैशीले भने, मृत शिशुकी आमाद्वारा दिइएको शिकायतको आधारमा तत्काल कारबाही गर्दै स्थानीय पुलिसद्वारा अभियुक्तलाई हिरासतमा लिइयो। आरोपीसित सोधपुछ जारी छ। शिशुको हत्याको सम्बन्धमा मुद्दा दर्ता गरी वैधानिक कारबाही जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande