रहस्यमयी ढंगले हराएको 8 वर्षीय बालकको शव भूसको कोठामा भेटियो
रहस्यमयी ढंगले हराएको 8 वर्षीय बालकको शव भूसको कोठामा भेटियो


झांसी, 05 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको झांसी जिल्लामा लहचूरा थाना क्षेत्र अन्तर्गत शनिवार अबेर राति 8 वर्षीय बालकको शव भूसको कोठामा भेटिएको छ। बालक घरमा एक्लो थियो। आखिर मुकेशको कसरी मृत्यु भयो, यो अहिलेपनि रहस्य बनेको छ। अहिले मामिलामा एक व्यक्तिलाई सोधपुछको निम्ति पुलिसले हिरासतमा पनि लिएको छ।

पुलिस अधीक्षक ग्रामीण डा. अरविन्द कुमारले बताए, शनिवार साझँ लगभग 6 बजी लहचूरा थानालाई चकारा ग्राम निवासी 8 वर्षीय बालक मुकेश घरबाट दिउँसो लगभग 12 बजीदेखि हराएको सूचना प्राप्त भयो। सूचना पाएर थाना प्रभारी सरिता मिश्रा पुलिस टीमको साथ घटनास्थलमा पुगिन्। पुलिस टीमले गाउँलेहरूसंग बालकलाई खोज्न शुरू गऱ्यो। अथक प्रयासपछि घरकै भूस राखिएको कोठाबाट बालकको शव निकालियो।

एसपी ग्रामीणले बताए, सोधपुछमा थाहा लागेको छ, मृतक बालक तेस्रो कक्षामा पढ्थ्यो र उ शनिवार स्कूल गएको थिएन। जबकि आमा-बाबू सदा झैं खेतहरूमा बदम टिप्न गएका थिए। बाजे बाख्रा चराउन निस्केका थिए र बोज्यू मोहल्लामा कुनै कामले गएकी थिइन्। घऱमा बालक एक्लो थियो र जब परिवार घर फर्क्यो, उलाई नदेख्दा उलाई खोज्नु शुरू गरियो। पुलिसलाई बालक हराएको सूचना दिइयो र खोजबीन गर्दा बालकको शव भूस राखिको कोठामा भेटाइयो। मृतक बालकको शवलाई कब्जामा लिएऱ पोस्टमार्टमको निम्ति पठाइएको छ र जाँच गरिँदैछ। शंकाको आधारमा एक व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ पनि जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande