गुवाहाटी, 06 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले श्रीश्री लक्ष्मी पूजाको पावन अवसरमा प्रदेशवासीहरूलाई हार्दिक शुभकामना दिए।
उनले माँ लक्ष्मीलाई मर्पित एक संस्कृत श्लोक उद्धृत गरे —“विश्वरूपस्य भार्यासी पद्मे पद्मालये शुभे।सर्वतः पाहि मां देवि महालक्ष्मि नमोऽस्तुते॥”
मुख्यमन्त्रीले माँ लक्ष्मीको श्रीचरणमा प्रार्थना गर्दै भने, उनको आशीर्वादले सबैको जीवन मंगलमय तथा समृद्ध होस्, प्रत्येक घरमा सुख- शान्ति अनि वैभवको वास होस्। उनले आशा व्यक्त गरे, माँ लक्ष्मीको आशीर्वादले सबैको जीवन प्रकाश अनि खुशीहरूले भरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा