कुलतलीमा फिल्मी ढंगमा तृणमूल नेतामाथि हमला, गोली चल्यो, बम पड़्क्यो
कुलतलीमा फिल्मी ढंगमा तृणमूल नेतामाथि हमला, गोली चल्यो, बम पड़्क्यो


दक्षिण 24 परगना, 6 अक्टोबर (हि.स.)। दक्षिण 24 परगना जिल्लाको कुलतलीमा गए आइतवार साँझ तृणमूल कंग्रेसका नेतामाथि प्राणघातक हमला भयो। हमलाकारीहरूले एकपछि अर्को गोली दागे अनि बम पड़्काए। यस हमलामा घाइते तृणमूल नेता सलिमलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरिएको छ।

जानकारी अनुसार गए आइतवार साँझ सलिम आफ्नो गाउँको एउटा पसलमा बसेर चिया पिरहेका थिए, अचानक बिजुली गएर सम्पूर्ण क्षेत्र अँध्यारो भयो। यसै अँध्यारोको फाइदा उठाएर केही अज्ञात उपद्रवीहरूले तिनीमाथि हमला गरे। उपद्रवीहरूले कैयौं राउण्ड गोली चलाए, बम फाले। सलिमको छात्ती र पिठ्यूँमा गोली लागेको छ। स्थानीय मानिसहरूले तुरून्तै तिनलाई अस्पतालमा पुऱ्याए।

घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि जाँचमा जुट्यो। प्रारम्भिक जाँचमा शंका व्यक्त गरिंदैछ कि यस हमलामा धेरैजना सामेल थिए र यस सम्पूर्ण घटनालाई योजना बनाएर परिणाम दिइएको हो। हमला व्यक्तिगत कारणले भएको हो वा राजनीतिक कारणले, पत्तो लगाउन पुलिस जुटेको छ। पुलिसले घाइते नेता सलिमको बान दर्ता गरी प्रत्यक्षदर्शीहरूसित जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande