
नयाॅं दिल्ली , 01 नोभेम्बर (हि.स.)।भारतीय सिनेमाका सुपरस्टार शाहरुख खानको जन्म सन् १९६५ नोभेम्बर २ मा नयाँ दिल्लीमा भएको हो। लाखौँको मनमा राज गर्ने यी सुपरस्टारले आफ्नो यात्रा टेलिभिजन धारावाहिकहरूबाट सुरु गरे र त्यसपछि फिल्मको दुनियाँमा प्रवेश गरे।
शाहरुखको पहिलो फिल्म ‘दीवाना’ (१९९२) थियो, जसले उनलाई बलिउडमा नयाँ पहिचान दिलायो। प्रारम्भिक समयमा उनले ‘डर’, ‘बाजीगर’, र ‘अञ्जाम’ जस्ता फिल्महरूमा नकारात्मक भूमिकाहरू निभाए, तर दर्शकहरूले उनको यो रूपलाई पनि अत्यन्तै मन पराए। केही समयमै उनी ‘रोमान्सका बादशाह’ को रूपमा स्थापित भए।
‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘दिल तो पागल है’, ‘कुछ कुछ होता है’, ‘देवदास’, ‘कल हो ना हो’, र ‘वीर-ज़ारा’ जस्ता फिल्महरूले शाहरुखलाई भारतीय सिनेमाको इतिहासमा अमर बनाए। त्यस्तै, ‘चक दे इंडिया’, ‘स्वदेस’, र ‘माई नेम इज खान’ जस्ता फिल्महरूले उनको गहिरो र संवेदनशील अभिनय क्षमता उजागर गर्यो।
उनी केवल रोमान्टिक पात्रमै सीमित रहेनन्, ‘डॉन’ र ‘रईस’ जस्ता फिल्महरूमा उनले ग्रे र अपराधी भूमिकाहरू पनि सहज रूपमा निर्वाह गरे। भावनालाई हावभाव र आँखाबाट व्यक्त गर्ने उनको असाधारण क्षमता दर्शकहरूको मनमा गहिरो प्रभाव पार्छ।
तीन दशकभन्दा लामो आफ्नो करियरमा शाहरुख खानले केवल बलिउड मात्र होइन, भारतीय संस्कृतिलाई पनि विश्व स्तरमा नयाँ उचाइमा पुर्याएका छन्। उनका प्रशंसकहरू उनलाई प्रेमले ‘किङ्ग खान’ वा ‘बलिउडका रोमान्स किङ्ग’ भनेर सम्बोधन गर्छन्।
महत्त्वपूर्ण घटनाक्रम
१७७४ – बेलायती अधिकारी र ब्रिटिश भारतका कमाण्डर इन चीफ रोबर्ट क्लाइभले इङ्गल्याण्डमा आत्महत्या गरे।
१८३४ – एटलस नामक जहाज भारतीय मजदुरहरू लिएर मौरिसस पुग्यो, जसलाई आज अप्रवासी दिवसका रूपमा मनाइन्छ।
१८३५ – अमेरिकामा मूलनिवासीहरूको समूहबीच फ्लोरिडाको ओसिओलामा दोस्रो सेमिनोल युद्ध सुरु भयो।
१८४१ – अकबर खानले अफगानिस्तानमा शाह शुजाका विरुद्ध विद्रोह गरी सफलता पाए।
१८५२ – फ्रेंकलिन पियर्स अमेरिकाका राष्ट्रपति बने।
१९१४ – रूसले टर्कीविरुद्ध युद्ध घोषणा गर्यो।
१९५० – प्रसिद्ध लेखक जर्ज बर्नार्ड शाको ९७ वर्षको उमेरमा निधन।
१९५१ – मिस्रमा ब्रिटेनविरुद्ध भएका प्रदर्शन नियन्त्रण गर्न झण्डै ६ हजार बेलायती सैनिक पठाइए।
१९८४ – अमेरिका मा १९६२ पछि पहिलो पटक एक महिला वेल्मा बारफिल्डलाई फाँसी।
१९८६ – बेरुतमा आतंककारीहरूले अपहरण गरेका अमेरिकी नागरिक डेभिड ज्याकोबसनलाई मुक्त गराइयो।
१९९९ – पाकिस्तानको इस्लामाबादस्थित संयुक्त राष्ट्र र अमेरिकी केन्द्रहरूमा अज्ञात व्यक्तिहरूद्वारा रकेट आक्रमण।
२००० – पश्चिम एशियामा हिंसा रोक्ने फार्मुलामा सहमति।
२००१ – अफगानिस्तानमा विशेष बलहरू बढाउने अमेरिकाको निर्णय।
२००१ – श्रीपाद येसो नाइकले केन्द्रीय मन्त्री पदमा प्रवेश गरे।
२००२ – मुफ्ती मोहम्मद सईद जम्मू–कश्मीरका मुख्यमन्त्री बने।
२००४ – चीनको हेनानमा जातीय संघर्षमा २० जनाको मृत्यु।
२००५ – गुलाम नबी आजाद जम्मू–कश्मीरका मुख्यमन्त्री बने।
२००७ – अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा खराब सोलार प्यानल मर्मतपछि डिस्कभरीका यात्री सुरक्षित फर्किए।
२००८ – केन्द्र सरकारले अवकाश पश्चात् पेंशन फन्डबाट पैसा झिक्ने सुविधा समाप्त गर्यो।
जन्म
१८३३ – महेन्द्रलाल सरकार, समाज सुधारक तथा होमियोप्याथिक चिकित्सक।
१८७७ – आगा खान तृतीय, निजारी इस्माईली शियाहरूका आध्यात्मिक नेता।
१८८३ – बसन्तकुमार दास, असमका स्वतन्त्रता सेनानी तथा राजनीतिज्ञ।
१८९७ – सोहराब मोदी, प्रसिद्ध भारतीय अभिनेता तथा फिल्म निर्माता-निर्देशक।
१९२९ – राम मोहन, भारतीय चरित्र अभिनेता।
१९४० – ममता कालिया, लेखिका।
१९४१ – अरुण शौरी, पत्रकार, लेखक तथा राजनीतिज्ञ।
१९६० – अनु मलिक, हिन्दी फिल्मका संगीतकार र गायक।
१९६५ – शाहरुख खान, फिल्म अभिनेता।
१९६९ – सञ्जीव बजाज, बजाज फिनसर्वका अध्यक्ष तथा प्रबन्ध निर्देशक।
१९८२ – योगेश्वर दत्त, भारतका नामी पहलवान तथा कुश्ती खेलाडी।
निधन
१८८५ – अण्णा साहेब किर्लोस्कर, मराठी रंगमञ्चमा क्रान्ति ल्याउने नाटककार।
१९६५ – रसूना सैद, दोस्रो विश्वयुद्धमा सक्रिय महिला योद्धा।
१९९० – भालचन्द्र दिगंबर गरवारे, भारतीय उद्यमी, गरवारे समूहका संस्थापक।
२०१२ – श्रीराम शंकर अभयंकर, भारतीय-अमेरिकी गणितज्ञ।
महत्त्वपूर्ण अवसर
अन्तर्राष्ट्रिय रेडक्रस दिवस (सप्ताह)
हिन्दुस्थान समाचार / भवानी थामी