
श्रीनगर, 1 नोभेम्बर (हि.स.)। जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले शनिवार केही राज्य तथा केन्द्रशासित प्रदेशहरूको स्थापना दिवसमा त्यहाँका मानिसहरूलाई शुभकामना दिए।
एक्सको एउटा पोस्टमा उपराज्यपाल सिन्हाले लेखे, आन्ध्र प्रदेश, छत्तीसगढ़, हरियाणा, कर्नाटक, दिल्ली, तमिलनाडु, पञ्जाब, चण्डीगढ़, अण्डमान औ निकोबार, लक्षद्वीप, पुडुचेरी, केरल तथा मध्य प्रदेशका मानिसहरूलाई स्थापना दिवसको हार्दिक शुभकामना।
उनले अझ लेखे, आगामी दिनमा राज्य अनि केन्द्रशासित प्रदेशहरूले प्रगतिको नयाँ शिखरलाई चुमुन्। म सबै नागरिकहरूको खुशी अनि समृद्धिको कामना गर्दछु।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा