
पश्चिम मिदनापुर, 1 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको सबंग ब्लक अन्तर्गत बड़चाहारामा एक हृदयविदारक घटना घटेको प्रकाशमा आएको छ। मोबाइल गेम (फ्री फायर)-को लतमा डुबेका एकजना 19 वर्षीय छात्रले आत्महत्या गऱ्यो। मृतकको पहिचान आकाश पालको रूपमा भएको छ जो पिंगला उजान हरिपद हाई स्कूलको भोकेशनल विभागको छात्र थियो।
परिवार अनुसार आकाशलाई पछिल्लो धेरै महिनादेखिको अनलाइन गेम खेल्ने लत बसिसकेको थियो। उसले आफ्नी आमाको मोबाइल फोनबाट लगातार गेम खेल्थ्यो भने पढ़ाई लगभग छोड़िसकेको थियो। केही दिनअघि उसकी आमाले लोन लिएकी थिइन् जसको राशि गत बिहीवार ब्यांक खातामा जमा भएको थियो।
तर गए शुक्रवार अपरान्ह ब्यांकमा आफ्नो पासबुक अपडेट गराउन गएकी आमालाई थाहा लाग्यो कि उसको खाताबाट लगभग 1 लाख 80 हजार रुपियाँ हराएको छ। ब्यांक अधिकारीले बताए, यो रकम कुनै अनलाइन गेमिंग एप्सको माध्यमबाट काटिसकेको छ। यसबाट व्यथित आमाले घर फर्केर आएपछि छोरालाई हप्काई, त्यसपछि आकाश मानसिक रूपमा निराश भयो। फलस्वरूप गए शुक्रवार उसले घर नजिकै बगानमा फाँसी लगायो। परिवार अनि स्थानीय मानिसहरूले तुरून्तै उसलाई संबाग ग्रामीण अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।
घटनाको सूचना पाउनसाथ संबग थाना पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि खड़गपुर अस्पतालमा पठाइदियो।
पुलिसले शुक्रवार राती जानकारी दियो, प्रारम्भिक जाँचमा यो मामिला आत्महत्या प्रतीत भइरहेको छ, तर ब्यांक खाताबाट यति धेरै रुपियाँ कसरी हरायो जसको जाँच शुरू गरिएको छ।
स्थानीय समाजिक कार्यकर्ता औ जागरूक वर्गको भनाइ छ, अनलाइन गेमको अति आसक्तिले पढ़ाईलाई मात्र प्रभावित नपारेर युवाहरूको मानसिक सन्तुलनमाथि पनि गम्भीर प्रभाव पारिरहेको छ। परिवार अनि प्रशासनको कड़ा निगरानी बिना यस्ता मर्माहित दुर्घटनाहरूलाई रोक्नु कठिन छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा