अमित शाह भाजपा सांसद अनिल बलूनीको आवासमा आयोजित लोकपर्व ‘इगास’ मा सहभागी बने
Amit Shah


नयाँ दिल्ली, १ नोभेम्बर (हि.स.)। पौड़ी गढ़वालका भारतीय जनता पार्टी (भाजपा) सांसद अनिल बलूनीको आवासमा शुक्रबार साँझ पारम्परिक उल्लासका साथ इगास लोक पर्व मनाइयो। यस अवसरमा भारतका गृहमन्त्री अमित शाह, केन्द्रिय मन्त्रीहरू अश्विनी वैष्णव, डा. जितेन्द्र सिंह, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चर्चित गायक जुबिन नौटियाललगायत धेरै विशिष्ट व्यक्तिहरू उपस्थित रहे।

कार्यक्रमका क्रममा गृहमन्त्री अमित शाहले पूजा–अर्चना गरी सबैलाई इगास पर्वको शुभकामना दिए। उनले एक्स पोस्ट मार्फत सन्देश दिँदै लेखे, “उत्तराखण्डका सबै दिदीबहिनी र दाजुभाइहरूलाई देवभूमिको लोक पर्व इगासको हार्दिक शुभकामना। यो पर्व सबै उत्तराखण्डवासीहरूको समृद्धि र प्रगतिको माध्यम बनोस्।”

उत्सवमा गायक जुबिन नौटियालले आफ्ना मधुर गीतहरूले वातावरणलाई रमाइलो बनाए। त्यस्तै उत्तराखण्डबाट आएका लोक कलाकारहरूले पनि पारम्परिक पहाडी गीतहरू प्रस्तुत गर्दै उपस्थित सबैको मन जिते।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande