
नयाँ दिल्ली, 10 नोभेम्बर (हि.स.)। दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले आम आदमी पार्टी (आआपा)-माथि आरोप लगाउँदै भने, सत्तामा हुँदा आआपले दिल्लीको प्रदूषण रोकथामको निम्ति कुनै काम गरेन, हावामा विष घोल्ने काम मात्र गऱ्यो। आआप सरकारले दश वर्षमा बिगारेको कामलाई सात महिनाभित्रै सही बनाउन सकिँदैन, तर भाजपा सरकार स्थितिमा सुधार ल्याउनको लागि प्रयासरत् छ।
सिरसाले सोमवार एक्समा एउटा भीडियो पोस्ट गरी भने, आआपले आफ्नो असफलतालाई राजनीति, प्रचार अनि प्रोपोगाण्डाले ढाक्ने प्रयास मात्र गऱ्यो। उनले भने, भाजपा सरकारको पालोमा दिल्लीमा भइरहेका राम्रा-राम्रा कामहरूले यिनीहरूलाई बिझाइरहेको छ। यिनीहरूलाई यो पनि अपच्य भइरहेको छ कि सात महिनाभित्रमा हाम्रो सरकारले प्रदूषण रोकथामको लागि निरन्तर कदमहरू उठाइरहेको छ।
सिरसाले भने, आआपका मानिसहरूले बवानामा स्थापित एक्यूआई मनिटरिंग स्टेशनमाथि आफै प्रश्न उठाइरहेका छन् कि हामीले त्यसलाई जंगलमा स्थापना गरेका छौं। सय करोड़ रुपियाँ यिनीहरूले अड-इभन योजनामा खर्च गरे, तर प्रदूषण रोकथामको लागि कुनै काम गरेनन्।
सुप्रीम कोर्टले भनेको थियो, दिल्ली प्रदूषण नियन्त्रण समितिलाई प्रदूषण नियन्त्रणको लागि यिनीहरूले एक रुपियाँ पनि दिएका थिएऩन्। उनले भने, मुख्यमन्त्री रेखा गुप्ताको अगुवाईमा हामी प्रदूषणबाट छुटकारा पाउनको लागि हरेक सम्भव प्रयास गरिरहनेछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा