
पश्चिम मेदिनीपुर, 10 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुरको घाटालस्थित मनसुखा क्षेत्रमा सोमवार बिहान एउटा तलाउमा एकजना अज्ञात व्यक्तिको शव फेला पऱ्यो। यस घटनाको कारणले क्षेत्रमा खैलाबैला शुरू भयो। स्थानीय मानिसहरूले नै सबैभन्दा पहिला शवलाई देखेका थिए, त्यसपछि तत्कालै पुलिसलाई सूचित गरियो।
प्रत्यक्षदर्शी अनुसार शव मनसुखा हाई स्कूलको पूर्व दिशामा अवस्थित एक तलाउमा तैरिरहेको थियो। व्यक्तिको टाउको पानीमा डुबेको थियो भने शरीर झाड़ीबीचमा फसेको थियो। शवको पहिचान अहिलेसम्म हुन सकेको छैन तथापि पुलिसले मृतकको उमेर लगभग 50 वर्ष रहेको अऩुमान लगाएको छ।
घटनास्थलमा पुगेको घाटाल थानाको पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। प्रारम्भिक जाँचमा यो स्पष्ट हुन सकेको छैन कि मामिला हत्याको हो वा दुर्घटना वा त अन्य कुनै रहस्यसित जोड़िएको हो।
पुलिस सूत्र अनुसार सबै सम्भावनाहरूलाई ध्यानमा राखेर जाँच शुरू गरिएको छ। स्थानीय मानिसहरूमा यस घटनालाई लिएर भय अनि जिज्ञासा दुवै उत्पन्न भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा