
कोलकाता, 10 नोभेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जी सोमवार उत्तर बंगालको दुई दिवसीय दौड़ाहमा सिलगढ़ी आइपुगिन्। आफ्नो यात्रा अवधि उनले सार्वजनिक सेवा वितरण कार्यक्रममा भाग लिनेछन् अनि केही स्वास्थ्य केन्द्रहरूको उद्घाटन गर्नेछन्।
अधिकारीहरू अनुसार मुख्यमन्त्रीले उत्तर बंगालका विभिन्न जिल्लाका बासिन्दाहरूलाई भूमिको स्वामित्व दस्तावेज (पट्टा) वितरण गर्नेछन्। यो सार्वजनिक सेवा वितरण कार्यक्रम ‘उत्तरकन्या’ राज्य सरकारको उत्तर बंगालस्थित शाखा सचिवालयमा आयोजना हुनेछ।
एकजना अधिकारीले बताए, मुख्यमन्त्री आज सिलगढ़ी आइपुगेकी छन्। उनले आफ्नो प्रवास अवधि केही आधिकारिक बैठकहरूमा भाग लिनेछन्। ममता ब्यनर्जीले अलिपुरद्वार, दार्जीलिङ, जलपाईगुड़ी र कुचबिहार जिल्लाका चिया बगान क्षेत्रहरूमा अवस्थित केही स्वास्थ्य केन्द्र तथा शिशुगृह (क्रेच)-हरूको उद्घाटन गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा