नन्दीग्रामका शहीदहरूलाई ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
नन्दीग्रामका शहीदहरूलाई ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली


भनिन्- आफ्नो नाम भुलिन सक्छु, तर नन्दीग्रामलाई सक्दिनँ

कोलकाता, 10 नोभेम्बर (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार नन्दीग्राम आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै भनिन्, यो आन्दोलन राज्यको राजनीतिक दिशा परिवर्तन गर्ने ऐतिहासिक क्षण थियो।

मुख्यमन्त्रीले एक्स (पूर्वमा ट्विटर)-मा आफ्नो सन्देशमा लेखिन्, “म आफ्नो नाम भुल्न सक्छु, तर नन्दीग्रामलाई कहिल्यै भुल्न सक्दिनँ।” उनले विश्वभरिका सबै शहीदहरूलाई पनि नमन गरिन्।

वर्ष 2007- मा शुरू भएको नन्दीग्राम आन्दोलन एक औद्योगिक परियोजनाको लागि प्रस्तावित भूमि अधिग्रहणको विरोधमा किसानहरूको जन आन्दोलन नै थियो। यसले पश्चिम बंगालको राजनीतिमा निर्णायक मोड़ ल्यायो अनि वर्ष 2011-मा तृणमूल कंग्रेसलाई सत्तामा आउन मार्ग प्रशस्त गऱ्यो।

ममता ब्यानर्जीले आफ्नो सन्देशमा भनिन्, उनको सरकार किसानहरूको अधिकार रक्षाको लागि प्रतिबद्ध छ र नन्दीग्रामको धरोहर यस संकल्पको आधारशिला हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande