मुर्शिदाबादमा 150 भन्दा अधिक देशी बम जफत, दिलीप घोषले सरकारलाई लक्षित गरे
मुर्शिदाबादमा 150 भन्दा अधिक देशी बम जफत, दिलीप घोषले सरकारलाई लक्षित गरे


कोलकाता, 10 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लामा गए आइतवार राती 150 वटाभन्दा अधिक देशी बम फेला परेपछि भारतीय जनता पार्टी (भाजपा)-का नेता दिलीप घोषले राज्य सरकारलाई लक्षित गरेका छन्।

दिलीप घोषले सोमवार बिहान भने, राज्यमा कानून व्यवस्था पूर्ण रूपले असन्तुलित भइसकेको छ र आम मानिसहरू असुरक्षित छन्। मुर्शिदाबाद बम र बन्दुकहरूको अड्डा नै बनिसकेको छ। यी हतियारहरू बाहिरबाट आउँछ र यहाँबाट बंगलादेशमा पठाइन्छ। यहाँ व्यापक स्तरमा फ्याक्ट्री र गोदामहरू संचालनमा छन् जहाँ यी हतियारहरू राखिन्छ। सरकारले कारबाही गर्नुपर्छ, तर हामी असुरक्षित छौं। राज्यमा कानून व्यवस्था भन्ने कुरै छैन।

जानकारी अनुसार यति धेरै बमहरू पश्चिम बंगालमा भइरहेको मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) अभियान अवधि भेटिएको छ। त्यसपछि पुलिस र सीमा सुरक्षा बल (बीएसएफ)-ले जिल्लाका विभिन्न क्षेत्रहरू विशेष बंगलादेश सीमा संलग्न क्षेत्रहरूमा खोजी अभियान शुरू गरेको छ।

सूत्र अनुसार यी बमहरू कांदी, शमशेरगञ्ज, डोमकल एवं लालगोला क्षेत्रमा भेटिएको हो जुन सीमाको नजिकै अवस्थित छन्। अधिकारीहरूको भनाइ छ, यी बमहरू राजनीतिक हिंसा अनि सीमा पारि तस्करी जस्तो अवैध गतिविधिहरूसित जोड़िएको हुनसक्छ। बंगलादेश सीमा संलग्न भएको कारणले मुर्शिदाबाद यस्ता मामिलाहरूलाई लिएर पहिलाबाटै चर्चामा रहिआएको छ। पछिल्लो महिना डोमकलमा भएको दुई भिन्न विस्फोटहरूमा दुईजना मानिसहरूको मृत्यु भएपछि जिल्लामा सुरक्षा व्यवस्थालाई पहिलाबाटै कड़ा बनाइएको थियो।

महिलाहरूमाथि बढ़्दो अपराधलाई लिएर राज्य सरकारलाई घेर्दै घोषले भने, “गाउँहरूमा बलात्कार तथा हत्याहरू आम कुरा भइसकेको छ। किशोरी तथा महिलाहरूसित दुष्कर्मका घटनाहरू लगातार बढ़िरहेका छन्, तर सरकार कुनै कारबाही गर्न चाहँदैन। अपराधीहरूलाई सजाय दिरहेको छैन, त्यसैले यस्ता घटनाहरू निरन्तर घटिरहेका छन्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande