
श्रीनगर, 10 नोभेम्बर (हि.स.)। नेशनल कन्फ्रेन्स (एनसी) प्रमुख उमर अब्दुल्ला र भाजपा नेता सुनिल शर्माबीच राजनीतिक बहस सोमवार पनि जारी रह्यो। एक दिनअघि अब्दुल्लाले कुरानको कसम खाएर ती दाबीहरूको खण्डन गरेका थिए कि उनले वर्ष 2024- मा गठबन्धनको लागि भाजपासित सम्पर्क गरेका थिए।
गए आइतवार शर्माले अब्दुल्लालाई कुरानको कसम खाने चुनौती दिएका थिए साथै उनीमाथि राज्यको दर्जा बहाल गरेको सट्टामा भाजपासित गुप्त समर्थन मागेको आरोप लगाएका थिए।
अब्दुल्लाले सोशल मीडियामा प्रतिक्रिया दिँदै भने, उनले वर्ष 2024-मा राज्यको दर्जा वा अन्य कुनै उदेश्यको लागि पनि भाजपासित कुनै गठबन्धन गरेका थिएनन्। सोमवार शर्माले बताए, अब्दुल्लाले स्वयं पहिला संकेत दिएका थिए कि भाजपा सदस्यहरूले उनलाई एउटा पदको लागि प्रस्ताव राखेका थिए जसलाई उनले अस्वीकार गरिदिएका थिए।
शर्माले भने, उनले केही अतिरिक्त भीडियो क्लिप पनि साझा गरेका छन् जसबाट थाहा लाग्छ कि अब्दुल्लाले पहिला भाजपा प्रतिनिधिहरूसित राजनीतिक बातचित गर्नेमाथि विचार गरेका थिए जसमा वरिष्ठ नेताहरूसित दिल्लीमा भेटघाट पनि सामेल थियो। शर्माले अब्दुल्लाको सार्वजनिक बयानमाथि प्रश्न उठान गर्दै भने, नेशनल कन्फ्रेन्स नेताले कुरानको कसम खाँदै भाजपाका दाबीहरूको खण्डन गरेका थिए।
उनले भने, उनीद्वारा साझा गरिएको भीडियो क्लिपमा देखिएको छ कि अब्दुल्लाले सीटको प्रस्तावलाई स्वीकार गरेका थिए साथै भाजपा नेताहरूलाई मूर्ख भनेका थिए जु शर्मा अऩुसार उनको वर्तमान दाबीहरू विपरीत छ। शर्माले आगामी बडगाम उपचुनाउको सन्दर्भ झिक्दै अझ भने, मतदाताहरू व्यापक रूपमा उत्साहित भएका छन्। उनले भने, भाजपाले सक्रिय रूपमा प्रचार गरेको थियो अनि चुनाउ प्रचार अवधि पार्टीलाई जनताको स्पष्ट समर्थन प्राप्त भएको थियो। उनले भने, उपचुनाउको परिणाम मतदाताले नै तय गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा